आवासीय चिकित्सकहरूद्वारा चिकित्सा शिक्षा आयोग घेराउ

आवासीय चिकित्सकहरूद्वारा चिकित्सा शिक्षा आयोग घेराउ


काठमाण्डु – आवासीय चिकित्सकले चिकित्सा शिक्षा आयोग घेराउ गरेको छन् । सरकारले मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागू नगरेपछि उनीहरूले आयोग घेराउ गरेका हुन् ।

मंगलबार आयोगका सहअध्यक्ष समेत रहेको स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले निजी मेडिकल कलेजमा सःशुल्क अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने मन्त्रीस्तरिय निर्णय गरेका थिए । त्यसको विरोधमा आवासीय चिकित्सकहरू विरोधमा उत्रिएका हुन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अध्यक्ष डा. शेषराज घिमिरेले स्वास्थ्य र शिक्षामन्त्रीले गरेको चिकित्सकलाई मासिक २५ हजारमा काम गराउने निर्णय गरेर चिकित्शकहरूमाथि भइरहेको श्रम शोषणलाई थप मलजल गर्ने काम गरेको बताए ।

आवासीय चिकित्शकहरूले सरकारीसरह ४८ हजारको सुनिश्चिता नभएसम्म लडाईंबाट पछाडि नहट्ने बताएका छन् ।

आवासीय चिकित्सक पारिश्रमिक र चिकित्सकको सुरक्षाको विषयमा २०८० असोजमा सरकारसँग ६ बुँदे सहमति भएको थियो ।