काठमाण्डु– बाढी पूर्वानुमान महाशाखाले कञ्चनपुर र कैलाली जिल्लाको अधिकांश स्थानमा बाढीको चेतावनी दिएको छ ।
मंगलबार बिहानसम्म भारी वर्षा हुने र बाढीको उच्च जोखिम रहने सूचनामार्फत जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीमा अति भारी वर्षा भएको छ ।
शान्तिपुर बेलौरी स्टेसनमा २७०.६ मिलिमिटर वर्षा मापन भएको छ ।
त्यस्तै, हनमान नगर (भामका) १३४.६, कृष्णपुरको खल्लागोठमा १८६.४ र धनगढी एयरपोर्ट स्टेसनमा २०४.६ मिलिमिटर वर्षा मापन भएको छ ।
यी २ जिल्लामा महाशाखाले रेड अलर्ट जारी गरेको छ ।
वर्षाका कारण सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू–भागमा बाढीको जोखिम रहेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया