रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरीको हस्तक्षेप


काठमाण्डु – नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै आइतबार बिहानैदेखि हस्तक्षेप शुरु गरेको हो ।

हतियारसहित तैनाथ प्रहरीले आफूहरूलाई कार्यालयको मूलगेटमै प्रवेशमा रोक लगाएको नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले जानकारी दिए ।

तिम्सिना नेतृत्वको तदर्थ समितिलाई रोक्नकै लागि प्रशासनले सुरक्षाकर्मी तैनाथ गरेको उक्त पक्षले दाबी गरेको छ ।संस्थामा विवाद बढ्दै गएपछि आइतबार र सोमबार कार्यालयमा प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement