रेडक्रस सोसाइटीको विधान अधिवेशन फागुन २७ र २८ गते हुने

रेडक्रस सोसाइटीको विधान अधिवेशन फागुन २७ र २८ गते हुने


काठमाण्डु – नेपाल रेडक्रस सोसाइटीले आगामी फागुनको अन्तिम हप्ता विधान अधिवेशन गर्ने भएको छ ।

सोसाइटीले आज बुधवार काठमाण्डुमा पत्रकार सम्मेलन गरी विधान अधिवेशनबारे जानकारी दिएको हो ।

नेपालको संविधान, अन्तर्राट्रिय आधारभूत मापदण्ड र राष्ट्रिय आवश्यकताका आधारमा विधान संशोधनका लागि आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने कार्यसूची तय गरिएको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए ।

अधिवेशनका लागि रेडक्रसले मस्यौदा तयारी पारी मातहतका प्रदेश, जिल्ला र उपशाखास्तरमा सुझाव संकलनका लागि पठाइसकेको छ । रेडक्रसले विभिन्न जिल्लामा रहेका आफ्ना सम्पत्तिको व्यवस्थापन तथा उच्चतम प्रयोग गरी आयवृद्धि गर्दै मानवीय सहायताका क्षेत्रमा उपयोग गर्ने प्रतिबद्धता जनाएको छ ।