काठमाडौं – पाकिस्तानले आफ्नो कब्जामा लिएका भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई मुक्त गरेको छ । उनलाई भारतीय समय अनुसार शुक्रबार राति ९:२० बजे वर्तमानलाई हस्तान्तरण गरिएको हो। उनलाई विमानमा राखेर इस्लामाबादबाट लाहौर लगिएको थियो। त्यहाँबाट पाकिस्तानी सेनाका गाडीहरू उनलाई लिएर स्थलमार्गबाट वाघा पुगेका थिए।
भारतीय वायुसेनाका अधिकारीहरू पनि हस्तान्तरण कार्यक्रममा उपस्थित रहेका बीबीसीले जनाएको छ। पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए। उनलाई पाकिस्तान र भारतको वाघा-अटारी सीमामा भारतीय पक्षलाई बुझाइएको हो।
चिकित्सकीय परीक्षण उनलाई लिएर पाकिस्तानी विदेश मन्त्रालयकी अधिकारी फारेहा बुट्टी आएकी थिइन्। सेनाको प्रचलनअनुसार उनलाई चिकित्सकीय परीक्षणका लागि लगिँदैछ। मुक्त हुनुअघि वर्तमानले पाकिस्तानी टीभीलाई पाकिस्तानी सेनाबाट आफू “धेरै प्रभावित“ भएको बताएका थिए। उनलाई विमानमा राखेर इस्लामाबादबाट लाहौर लगिएको थियो। त्यहाँबाट पाकिस्तानी सेनाका गाडीहरू उनलाई लिएर स्थलमार्गबाट वाघा पुगेका थिए।
वर्तमानलाई स्वागत गर्न हजारौँ भारतीयहरू सीमावर्ती अटारीमा जम्मा भएका थिए। उनीहरूले हातमा मिष्ठान्न, विभिन्न नारा लेखिएका ब्यानर र माला बोकेको देखिन्थ्यो। तीमध्ये एक जनाले समाचारसंस्था एएफपीलाई भने, “हाम्रा नायक आफ्नो देश फर्किन लागेकाले हामी धेरै खुसी छौँ।“ पाकिस्तानले भारतको सीमामा सुम्पिएपछि दुवै तर्फको बोर्डरको गेट लगाइएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहिबार पाकिस्तानी संसदको संयुक्त सत्रमा सम्बोधन गर्दै भारतीय पाइलट रिहा गर्ने जानकारी दिएका थिए । भारतीय पाइलटको रिहाइले भारतमा खुसीयाली छाएको छ । पाइलट अभिनन्दनकी आमाले टेलिभिजनमा इमरानले सम्बोधन गर्दा छोरालाई रिहा गर्ने खबर सुनेपछि उनको तस्बिरमा हात जोडेर धन्यवाद प्रकट गरेकी थिइन्।
भारत–पाकिस्तानबीच बुधबार भएको हवाई हमलामा भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमान्डरलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो। भारतले उनको सुरक्षित फिर्तीको लागि पाकिस्तानसँग माग गरेको थियो। अभिनन्दन भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमाण्डर हुन्। उनी बुधबार लडाकु विमान मिग २१ लिएर पाकिस्तान उडेका थिए। तर हवाई मुठभेडमा पाकिस्तानले विमान खसाले पछि कब्जामा परेका हुन्।
प्रतिक्रिया