एकआपसमा मन साटेपछि रेशम-रन्जिताको मिलन हुँदा सुदूर र लुम्बिनी सरकार धरापमा


काठमाण्डु-  नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र उनकी श्रीमती समेत रहेकी अध्यक्ष रन्जिता श्रेष्ठबीच सहमति भएको संकेत देखिएको छ ।

रेशमले शनिबार पार्टीका नेताहरुको उपस्थितिमा रन्जितासँग छलफल गर्दै सहमति भएको संकेत दिएका छन् । उनले आफ्नो फेसबुकमा दुई वटा पोष्टले उनीहरुबीचको विवादमा सहमति भएको बुझ्न सकिन्छ ।

रेशमले पहिलो पोष्टमा भनेका छन्- ‘महासचिव ठाकुर सिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुबै तिमी चलाउ भन्ने रन्जिताको आग्रहलाई स्वीकार गर्दै मैले पनि यो फोटो पोष्ट गरें ।’ त्यसपछिको पोष्टमा उनले ‘हामी छिट्टै लुम्बिनी र सुदुरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं’ लेखेका छन् ।

रेशमको यो पोष्टले भर्खरै सुदूरमा मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीको पद धरापमा पर्ने देखिएको छ । उनले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताए पछि दुवै प्रदेसका सरकार धरापमा पर्ने देखिएको छ ।

सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने निर्णय गरिएको नाउपाका नेताहरुले बताएका छन् । यसका साथै रेशम र रन्जिताबीच कारबाही गरिएकाको कारबाही फुकुवा गर्ने, मुख्यमन्त्री दाबी गर्ने, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने सहमति भएको नेताहरुले बताएका छन् ।

नाउपामा देखिएको यो सहमतिले एकीकृत समाजवादीका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना न्युन हुँदै गएको छ । यसभन्दा अघि भने रेशम र रञ्जिताबीचको विवाद चर्किएको थियो ।

उनीहरु दुबैले एकले अर्काको आलोचना गर्दै आएका थिए । सहमतिमै अगल हुने उदेश्य लिएर रञ्जितालाई भेट्न केही दिन अगाडि मात्रै रेशम कैलालीबाट काठमाण्डु आएका थिए । उनले आफूले रञ्जितासँग अलग्गै भेटेर आपसमा मन साट्ने फेसबुकमार्फत जानकारी दिएका थिए । त्यसपछि काठमाण्डु आएर रञ्जितासँग भेटवार्ता गरेपछि उनिहरुको पूनः मिलन भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement