साइबर सुरक्षा कानून बनाउँदैछौं : मन्त्री शर्मा


काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षा सम्बन्धी कानून बनाउन लागेको बताएकी छन् ।

मंगलबार काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानूनी र संरचनागत व्यवस्था गर्न जुटिरहेको बताइन् ।

सरकारले जारी गरेको राष्ट्रिय साइबर सुरक्षा नीति अनुरूपका आवश्यक कानून, सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विधेयक, साइबर सुरक्षा, डाटा संरक्षण लगायतका विभिन्न कानूनहरू बनाउन सरकार लागिएको उनले बताइन् ।

मन्त्री शर्माले नेपाल–भारत सिमानामा साइबर अपराधका घटना बढ्न नदिन दुवै देशबीच आवश्यक समन्वय हुनुपर्ने बताइन् । यसका लागि २ देशबीच साझेदारी पनि आवश्यक रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement