कला र मनोरञ्जन

जयाले रेखालाई घरमै बोलाएर तोडिदिइन् रेखा–अमिताभको प्रेम

एजेन्सी – बलिउड उद्योगका रेखा र अमिताभको जोडीलाई मन नपराउने सायदै होलान् । मेगास्टार अमिताभ बच्चन र सदाबहार सुन्दरी तथा अभिनयकी खानी रेखाको जोडीले कुनै समय बलिउडमा आगो नै लगाएको थियो ।

Dish Home

‘रिल’मा मात्र होइन ‘रियल’मा पनि अमिताभ र रेखाको बिहे होस् भन्ने चाहाना धेरैको थियो । तर अपसोच अमिताभले जयासँग सन् १९७३ मा बिहे गरिसकेका थिए ।

जयासँग बिहे गरेका अमिताभको केहि वर्षमै रेखासँगको सम्बन्धले चर्चा पाउन थाल्यो । सन् १९७६ मा फिल्म ‘दो अनजाने’ को शुटिङमा नै रेखा र अमिताभ नजिकिएका थिए ।

जया–अमिताभको चर्चा जयाले पनि थाहा पाइन् । उनले एकदिन रेखालाई घरमा खाना खान निम्ता पठाइन् जसले अमिताभ–रेखाबीचको सबै सम्बन्ध एक क्षणमै सकाइदियो ।

रिपोर्टकोअनुसार एकदिन अमिताभ शुटिङको लागि मुम्बईभन्दा बाहिर गएका थिए । सोही मौका पारेर जयाले रेखालाई घरमा खाना खान निम्ता गरिन् । उनले रेखालाई फोन गरेकी थिइन् ।

जयाको फोन आएपछि रेखा निकै डराइन् । जयाले आफूलाई गाली नगरोस् भन्ने कामना गर्दै उनले फोन उठाइन् तर जयाले निकै आदरपूर्वक उनलाई खाना खान घर बोलाइन् ।

घर बोलाएर जयाले बेइज्जत गर्ने पो हुन् कि भन्ने दोधारकै बीचमा रेखा अमिताभको घर खाना खान गइन् । रेखालाई घर पुग्नेवित्तिकै जयाले भव्य स्वागत गरिन् साथै खुलेर कुराकानी पनि गरिन् ।

खाना खाइसकेपछि बिदाई गर्दै गर्दा जयाले भनिन्, ‘चाहे जे सुकैहोस् तर म कहिल्यै अमितलाई छोड्दिन ।’ जयाको यो वाक्य सुनेर रेखालाई छागाबाट खसेजस्तै भइन् ।

यो घटनापछि अमिताभले रेखासँग दुरी बढाए । फेरि अमिताभ र रेखाले कहिल्यै सँगै फिल्म खेलेनन् ।

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top