गृहमन्त्री शर्माले गरे बाढी प्रभाबित परिवारलाई ७० रुपैया दिने घोषणा


काठमाडौं– गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बाढी प्रभावित जिल्लाका स्थानियहरुलाई प्रतिब्यक्ति दैनिक ७० रुपैयाँका दरले एक महिनाका लागी एकमुष्ट नगद उपलब्ध गराउने बताउनुभएको छ । शुक्रवार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री शर्माले प्रभावित परिवारलाई नगद उपलब्ध गराउनका लागी सरकारले १ अर्ब निकासा गरेको जानकारी दिनुभयो ।

 

‘यसरी नगद उपलब्ध गराउँदा कुहिएको चामल बाँड्ने समस्या हुँदैन’ मन्त्री शर्माले भन्नुभयो, ‘प्रतिब्यक्ति रु. ७० को दरले नगद दिँदा सामान्य दाल भातको समस्या हल हुने आँकलन गरेका छौं ।’
प्रभावित परिवारलाई नगदै दिएमा उनिहरुले इच्छाअनुसारको खाद्यान्न किनेर उपभोग गर्न सक्ने उल्लेख गर्दै मन्त्रि शर्माले भन्नुभयो, ‘प्रभावित जिल्लाका कत्तिपय स्थानमा पसलको समस्या भएमा खाद्य संस्थानमार्फत खाद्यान्न खरिद गर्ने ब्यवस्था मिलाउँछौं ।’

 

बाढीका कारण ३० जिल्ला प्रभावित भएको जसका कारण १३५ जनाको मृत्यु र ३५ बेपत्ता भएको जानकारी दिँदै मन्त्रि शर्माले भन्नुभयो, ‘रौतहटमा हराएका भनिएका ५ जना घर फर्किएका छन्, अन्य बेपत्ताहरुको खोजी कार्य जारी छ ।’

विपद्को समयमा सहयोग गर्न चाहने विदेशी दातृ निकाय वा ब्यक्तिहरुलाई ‘प्रधानमन्त्री राहत उद्धार कोष’ मार्फत सहयोग गर्न आग्रह गर्दै मन्त्रि शर्माले प्रभावित क्षेत्रमा राहत वितरणका लागी कसैलाई बन्देज नगरिएको स्पष्ट पार्नुभयो ।

‘सहयोग गर्न चाहने कसैलाई रोकेको छैन, रोक्ने मनशाय पनी छैन’ मन्त्री शर्माले भन्नुभयो, ‘राहतको दुरुपयोग नहोस भनेर सचेतना अपनाउँदै सरकारले लिएर प्रभावित बस्तिमा वितरण गर्ने प्रणाली विकास गरेका छौं ।’

प्रभावितलाई सहयोग गर्ने नाममा नेपाल भित्र र बाहिर समेत बैंक खाता खोलिएको जानकारी प्रप्त भएको बताउँदै मन्त्री शर्माले ब्यक्तिगत रुपमा कसैले खाता खोल्न नपाउने बताउनुभयो । ‘प्रभावितका नाममा ब्यक्तिगत रुपमा कसैले पनी खाता खोलेको कुरा स्विकार गर्दैनौं’ उँहाले भन्नुभयो, ‘सरकारको स्विकृती लिएर मात्र खाता खोल्नुपर्छ ।

 

‘प्रभावित क्षेत्रमा स्वास्थकर्मिको टोली परिचालन गरिएको छ’ मन्त्री शर्माले भन्नुभयो, ‘अब पुनर्निमाणको काम पनी तत्काल थालिने छ, बिग्रेका सड्कहरुको अस्थाई मर्मत शुरु भैसकेको छ ।’
बढी प्रभावित जिल्लाहरुमा आवश्यकता अनुसार त्रिपाल वितरण गरिएको मन्त्रि शर्माले जानकारी दिनुभयो ।

 

‘योजनाबद्ध आवास क्षेत्र निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ’ मन्त्री शर्माले भन्नुभयो, ‘हामीले बनाएका तटबन्धहरु सामान्य बाढीले पनी बगाएको अवस्था छ, त्यसैले ब्यवस्थित तटबन्ध निर्माणका लागी योजनाको अभाव देखिएको छ ।’

ठुला जलाशययुक्त आयोजना निर्माण गर्न सकेमा पानीलाई नियन्त्रण गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘ठुला जलाशययुक्त आयोजना बनाउन सकेमा हामी पानीलाई ताल्चा लगाएर राख्न सक्छौं, यसबाट डुबानको समस्या दिर्घकालिन रुपमा हल हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement