दिल्लीबाट जनकपुरमा आइपुग्यो ‘धार्मिक रेल’


काठमाण्डु- भारतबाट रामायण सर्किट अन्तर्गत जनकपुरमा धार्मिक रेल आइपुगेको छ । मंगलबार दिल्लीबाट ६ सय धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो ।  

मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उद्घाटन गरेका थिए । 

रेलमा सवार धार्मिक पर्यटकहरुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु, जनकपुरधामका जनप्रतिनिधि र साधुसन्तहरुले जनकपुरधामस्थित रेल्वे स्टेशनमा स्वागत गरेका छन् ।

जनकपुरधामबाट तिर्थालुहरु भोलि पुनः सोही रेलबाट सितामढीका लागि प्रस्थान गर्ने जनाइएको छ ।   पर्यटकहरू जानकी मन्दिरको दर्शन गर्ने, जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेर्ने, तथा गंगा आरतीमा सहभागी हुने लगायतका कार्यक्रम रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस
Advertisement