रेम्डिसिभिर किन्न डाक्टरको प्रेस्किप्सन अनिवार्य


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा प्रयोग गर्दै आएको रेम्डिसिभिर औषधी अब सरकारले तोकेका व्यक्ति र संस्थाबाट लिन पर्ने भएको छ ।

आयन हेल्थकियरमात्र आधिकारीक आयातकर्ता भएकाले रेम्डिसिभिर आवश्यक परे सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्किप्सन लिएर आधिकारिक आयातकर्ता आयन हेल्थकियरमा जानुपर्नेछ ।

औषधी लिन जाने व्यक्तिले डाक्टरको प्रेस्किप्सन सहित आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ ।

औषधी आवश्यक परे डा. अबुल अन्सारी ९००५५५९१०, सुवास ९१०१९४४१६, विमल ९८४१५०६३७०, कमल ९८५११२४६३९, लाई सम्पर्क गर्न पनि मन्त्रालयले भनेको छ । प्रति भाइल ४ हजार ९ सय रुपैयाँमा खरिद गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement