राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

मंगलबार आयोगका अध्यक्ष तपबहादुर मगरले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवनमा आयोजित समारोहबीच प्रतिवेदन पेश गरिएको छ ।