विद्यालय शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन पेश

विद्यालय शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन पेश गरेको छ ।

आईतबार समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितिमा समिति सभापति अमरबहादुर खड्कालाई उपसमिति संयोजक छविलाल विश्वकर्माले प्रतिवेदन बुझाएका छन् ।

उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनमा विद्यालय सुधारका विषय समेटिएको जानकारी दिए । ‘प्रतिवेदनमा प्रधानाध्याकलाई जिम्मेवार र जवाफदेही बनाउने हो भने विद्यालय सुधार गर्न सकिन्छ भन्ने कुरा समेटेका छौं,’ उनले भने, ‘चाँडै–चाँडै गरिने सरुवालाई नियन्त्रणको व्यवस्था प्रतिवेदनमा समावेश गरिएको छ ।’

उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनमा अपूरा रहेका कुरालाई समितिमा छलफल गरेर अगाडि बढ्ने समेत जानकारी दिए ।

विधेयकमा १६३ दफामा रहेकोमा उपसमितिले १७२ दफा बनाएको छ, १०१ वटा दफा संशोधन गरिएका छन् । विधेयकमा १३ दफा थपिएका, ४ वटा दफा हटाइएका र १३ दफा सट्टामा राखिएका छन् ।

समितिको गत चैत ८ गतेको बैठकले विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । समितिका अन्य सदस्यमा डिगबहादुर लिम्बू, महेन्द्रकुमार राय, रेखा शर्मा, विना जैसवाल, देवेन्द्र पौडेल, रामप्रकाश चौधरी, विनिताकुमार सिंह, सरिता भुसाल, सुमना श्रेष्ठ र दशरथ धमला थिए ।