काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाण्डु–तराई/मधेश दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन सुुझाव सहितको अध्ययन प्रतिवेदन बुधबार हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदनमा आयोजनाको हालको प्रवेशविन्दुु ललितपुर महानगरपालिका–२१ खोकनाको फुडोलमा कायम हुँदा आदिवासी नेवार समुुदायको विस्थापनको जोखिम निम्त्याएको तथा स्थानीयवासीको मानव अधिकारको उल्लंघन भएको र बागमती नदी सफाइ सुधार आयोजनाको कार्यान्वयनबारे संयुुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय अन्तर्गतको कार्य समूहबाट व्यक्त चासोका सम्बन्धमा नेपाल सरकारले पठाउनुुपर्ने जवाफको कार्यमा सघाउन आयोगले प्रतिवेदन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौता महाशाखाले आयोगलाई सुुझाव प्रतिवेदन दिन आग्रह गरेको थियो । प्रतिवेदनमा खोकना क्षेत्र नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकाले डुकुुछापमा स्थानान्तरण गर्न उपयुक्त हुने उल्लेख गरिएको छ । नेपाल सरकारले यस्ता आयोजना सञ्चालन गर्दा स्थानीय आदिवासी जनजाति समुदायसँग पूर्व सुुसूचित स्वतन्त्र सहमति लिन पनि सुुझाव दिइएको छ ।
प्रतिक्रिया