आयोगले राष्ट्रपति निर्वाचनको प्रतिवेदन आज शीतलनिवासमा बुझाइँदै


काठमाण्डु – निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष आज बुझाउँदैछ ।

राष्ट्रपति निर्वाचनवाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेले निर्वाचत भएको मतपरिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन शुक्रवार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

३३ हजार ८०२ मतभारसहित रामचन्द्र पौडेल निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले १५ हजार ५१८ मतभार पाएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement