अनुसन्धान विभाग गृहमन्त्रालय माताहात नै रहेकाे छ : गृहमन्त्री थापा


काठमाडौं- सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय अनुसन्धान विभाग अहिलेपनि आफु माताहातै रहेको बताएका छन् । ‘राज्यको महत्वपूर्ण अंग, गृहमन्त्रालयको अभिन्न अंग अहिलेपनि गृहमन्त्रालय माताहातै छ,’ गृहमन्त्री थापाले भने, ‘अन्त कतै गएको मलाई थाहा छैन ।’ कानुनी तथा नीतिगत हिसावले समेत गृहमन्त्रालय माताहातको अनुसन्धान विभाग अहिले अन्त जानै नसक्ने गृहमन्त्री थापाको भनाई छ ।

सरकारी निवास पुल्चोकमा बिहिबार कुरा गर्दै थापाले यस विषयमा आफुले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अध्यक्ष प्रचण्डसँग समेत छलफल गर्ने बताए । अनुसन्धान विभाग विना गृहमन्त्रालय सहज रुपमा चल्नै नसक्ने बताउदै थापाले यो विभाग अन्त लैजान नहुने बताए । गृहमन्त्री थापाले देश पछि पर्नुको बाधक कुशासन, भ्रष्टाचार र दलाल प्रबृत्ती भएको बताउदै उनले देशमा सुशासन तथा सम्बृद्धि ल्याएर विदेशमा रहेका यूवाहरुलाई स्वदेश फर्काउने बताए ।

माओवादी केन्द्रका नेता समेत रहेका गृहमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै असन्तुष्टी नरहेको बताए । ‘कुनैपनि सुरक्षा निकाय तथा प्रधानमन्त्रीसँग मेरो असमझदारी छैन,’ उनले भने, ‘ती सवै हल्ला हुन् ।’ यसैबीच आफु गृहमन्त्री हुनुभन्दा अघिल्लो क्याबिनेटले गृहमन्त्रालयको महत्वपूर्ण हिस्सा राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री माताहतमा तानिएपछि थापाले बुधबारको सुरक्षा समितिको बैठकमा यस विषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement