रेशम-रन्जिताबीचको विवादले उग्ररुप लियोः सुदूरपश्चिमकी राज्यमन्त्री गिरी सांसदबाट आउट!

रेशम-रन्जिताबीचको विवादले उग्ररुप लियोः सुदूरपश्चिमकी राज्यमन्त्री गिरी सांसदबाट आउट!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी कारबाहीमा परेकी छन् । नाउपाकी अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठले गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी हुन् ।

समानुपातिक सांसद गिरी पार्टीको निर्णय विपरीत सरकारमा गएकाले उनलाई कारबाही गरेको श्रेष्ठले बताएकी छन् । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर उनले श्रेष्ठले स्पष्टीकरण सोधेकी थिइन । तर राज्यमन्त्री गिरीले जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले दावी गरेकी छन् ।

रेशम चौधरीले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा मन्त्री पठाएका थिए । लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् । रेशम पक्षका ५ सांसदले भने उनकाे निर्देशनलाई बेवास्था गर्दै सरकारमा छन्र। गिरी कृषि राज्यमन्त्री छन् । श्रेष्ठले सरकारमा सहभागी अन्य नेताहरूलाई भने कारबाही गरेकी छैनन् ।

त्यस्तै सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका ७ वटै सांसदलाई रञ्जिताले पक्रमार्फत निर्देशन दिएकी छन् । रेशम नयाँ सत्ता गठबन्धनको पक्षमा छैनन् । यता रञ्जिता भने नयाँ सत्ता गठबन्धनको पक्षमा लागेकी छिन् । यही विषमा कुरा नमिलेर श्रीमान श्रीमतीसमेत रहेका रेशम र रन्जिताबीच विवादले उग्ररुप लिइरहेको छ ।

हिजो मात्रै रञ्जिताले रेशम पक्षका गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेकी थिइन् । गुरुङ र तामाङसँगै आज सुदूरपश्चिमकी राज्यमन्त्रीलाई कारबाही गरेपछि रेशम र रन्जिताबीचको विवादले उग्ररुप लिएको छ ।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रञ्जिता र रेशमसँग छुट्टाछुटटै भेटवार्ता गरेका थिए । रेशम चौधरीलाई नयाँ सत्ता गठबन्धनमा सामेल हुन र पार्टी विभाजनबाट जोगाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीलाई जवाफ दिदैँ रेशमले चैत २३ र २४ गते पार्टीको केन्द्रीय समिति बैठक बस्ने र सोही बैठकले सत्ता गठबन्धनको बारेमा निर्णय गर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्, रञ्जितासँग प्रधानमन्त्री प्रचण्डले छुट्टै भेटेपछि सिंहदरबार पुगे रेशम चौधरी

यो पनि पढ्नुहोस्,रेशम पक्षबाट आफू निकट नेता कुटिएपछि रञ्जिताले चालिन् यस्तो बोल्ड कदम