रेशम र रञ्जिताबीच तीव्र मतभेदः आवश्यक निर्णय लिन बोलाइयो केन्द्रीय समिति बैठक

रेशम र रञ्जिताबीच तीव्र मतभेदः आवश्यक निर्णय लिन बोलाइयो केन्द्रीय समिति बैठक


काठमाण्डु- नागरिक उन्मुक्ति पार्टी (नाउपा) को बैठक बस्ने भएको छ । पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका रेशम चौधरीलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै पुरानै समितिलाई निरन्तरता दिएपछि अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक बोलाएकी हुन् ।

उक्त बैठक आज दिउँसो १ बजे टीकापुर बस्ने गरि बोलाइएको छ । त्यस्तै बैठकले सुदूरपश्चिम प्रदेश सरकारका विषयमा आवश्यक निर्णय लिने स्रोतले बताएको छ ।

अल्ममतमा रहेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा रेशमले पार्टीभित्र छलफल नगरि तीन मन्त्री पठाएपछि रेशम र रञ्जिताबीच तीव्र मतभेद देखिएको छ। रञ्जिताले पार्टीभित्र छलफल नगरि मन्त्री पठाएको भन्दै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएकी छन् ।

श्रेष्ठले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई जारी गरेको निर्देशन कार्यान्वयन भएको छैन। तत्काल मन्त्री फिर्ता हुन र समर्थन पनि फिर्ता लिन नाउपा केन्द्रीय अध्यक्ष श्रेष्ठले दिएको निर्देशन पालनामा प्रदेश संसदीय दलले अवज्ञा गरेको छ। रेशमले आफू निकट सांसदलाई सरकारमा पठाएका हुन् । उनले मन्त्रीहरुलाई अध्यक्ष श्रेष्ठको निर्देशन नमान्न भनेका छन् ।

रेशम कांग्रेसलाई सघाउने पक्षमा छन् भने रञ्जिता हालको गठबन्धनको पक्षमा उभिएकी छन् । त्यसकारण रेशम र रञ्जिताबीच तीव्र मतभेद देखिएको छ ।