सेतीको पुलबाट हामफालेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

सेतीको पुलबाट हामफालेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाईनापुलबाट सेती नदीमा हामफालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।

नाम वतन नखुलेको अन्दाजी २१ वर्षका युवकले हामफालेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले शुक्रबार राति करिब ४५ मिनेटको प्रयासमा रोपरेस्क्यू प्रयोग गरी उद्धार गर्न सफल भएको हो।

अन्दाजी १०० मिटर तल सेती नदीको खोँचबाट अर्धचेत अवस्थामा निकालिएका उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ।