ट्रम्प सरकार ‘रोगी’ : बेलायती राजदूत


एजेन्सी – अमेरिकाका लागि वेलायती राजदूत सर किम डारोचले अमेरिकी सरकार अयोग्य र असुरक्षित भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकार ‘रोगी’ भएको बताएका छन् ।

राजदूत डारोचको लिक भएको भनिएको इमेलमा डारोचले ह्वाइट हाउस ट्रम्पको नेतृत्वमा आएपछि ‘रोगी’ र ‘विभाजित’ भएको बताएको बीबीसीले जनाएको छ ।

अमेरिकाका लागि वेलायती राजदूतको मेल लिक भएपछि वेलायतको विदेश मन्त्रालयले उक्त मेल लिक हुनु सन्देहपूर्ण भएको प्रतिक्रिया दिए पनि मेलको वास्तविकताबारे केही बोलेको छैन ।

अमेरिकाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement