११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व संकलन

११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघिय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व संकलन गरेको छ ।

सरकारले वर्षभरिमा राजस्व शीर्षकहरुमा १४ खर्ब ८० अर्ब संकलन गर्ने लक्ष्य राखेको थियो । ११ महिनामा ७३.०६ प्रतिशत मात्रै संकलन भएको महालेखा नियन्त्रक कार्यालयको बजेटरी विवरणमा उल्लेख छ ।

कर राजस्व शीर्षकमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्यको ७४.०३ प्रतिशत अर्थात नौ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख राजस्व संकलन भएको छ ।

गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख संकलन गर्ने लक्ष्य राखेको जनाएको छ । सो अवधिमा ६४.७३ प्रतिशत अर्थात् ९९ अर्ब ९४ करोड ६९ लाख मात्र संकलन गरेको छ ।

त्यस्तैगरी,अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख संकलन गर्ने लक्ष्य राखेका थियो । तर ४२.८२ प्रतिशत अर्थात् २२ अर्ब ८८ करोड ५९ लाख मात्रै संकलन भएको छ ।