नायिका ऋचा शर्माले गरिन् बिवाहको मिति सार्वजनिक


काठमाडौं – नायिका ऋचा शर्माले आफ्नो बिवाहको मिति सार्वजनिक गरेकी छन् । केही समयदेखि बिवाह गर्ने चर्चा चलिरहेको बेला उनले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो बिवाहको मिति सार्वजनिक गरेकी हुन् ।

ऋचाले डिसेम्बर ७ अर्थात मंसिर २१ गते बिहे गर्न लागेको उल्लेख गरेकी छिन् । ऋचाले आफूहरुलाई प्रेम दर्शाउने सबैलाई धन्यवाद समेत दिएकी छिन् । ऋचा केही समयदेखि ललितपुरको लाबिम मलका म्यानेजर दिपेश विक्रम राणाको प्रेम सम्बन्धमा छिन् ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय नायिका शर्माले बिहेको मिति सार्वजनिक गरेसँगै अब उनको घरजम पनि पक्का भएको छ । उनी अहिले ‘कमेडी च्याम्पिएन’ नामक रियालिटी शोको निर्णायक समेत छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement