रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८० छात्रवृत्ति कार्यक्रमको आयोजना


काठमाण्डु – रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षितगरि “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम ल्याएको छ।

यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तिर्ण भएका सम्पूर्ण मकवानपूर जिल्लाकf विद्यार्थीहरुलाई लक्षित गरिे उक्त एस.ई.ई परीक्षामा ३.६ जिपिएदेखि ४ जिपिए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिनेछ ।

छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार, दोश्रो हुनेलाई ३५ पैतिस सय, तेश्रो हुनेलाई २५ सय साथै सान्त्वना स्वरुपथप ८ विद्यार्थीलाई मासिक रुपमा १५ सय कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।

यस योजनामा आबद्ध हुनविद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट www.riddhisiddhicements.com वा फेसबुक पेज https://www.facebook.com/RiddhiSiddhicements) मा गई उल्लेखित QR code मा scan गरी फारम भर्न सकिनेछ । आवेदकको फारम बुझाउने अन्तिम मिति यहि श्रावण २१ गतेसम्म ताेकिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement