हृदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने


काठमाण्डु – नेकपा एमालेको सूर्य चुनाव चिह्नबाट निर्वाचन जितेका हृदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । तत्कालिन राष्ट्रिय जनता पार्टीबाट अलग भएर छुट्टै राजनीतिक समूह बनाउँदै आएका त्रिपाठीले नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।

त्रिपाठीकाअनुसार मंसिर २८ गते मंगलबार काठमाण्डुमा एक कार्यक्रमकाबीच ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गर्ने भएका हुन् ।

‘मंसिर २८ गते नयाँ पार्टी घोषणा हुँदैछ । झण्डा र दस्तावेज तयार भएको छ । निर्वाचन आयोग जाने बेलामा लोगो तयार हुन्छ,’ त्रिपाठीले काठमाण्डुपाटीसँग भने ।

उनले पार्टीमा अहिले आफूमात्र संयोजक रहने र नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement