चर्चित बलिउड अभिनेता ऋषि कपूरको निधन


एजेन्सी – चर्चित बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्याले ग्रसित भएका उनको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार मुम्बईको एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement