नेपाल वायुसेवा निगमका टिकट अव अनलाइनमार्फत बुंकिङ गर्न सकिने


काठमाण्डु – नेपाल वायुसेवा निगमका टिकट अनलाइनमार्फत बुंकिङ गर्न सकिने भएको छ । नेपाल वायुसेवा निगमका टिकट लामो समयदेखि अनलाइनमार्फत खरिद गर्न नपाइएको गुनासो थियो । यसअघि अनलाइनमा जान व्यवस्थापनले कोशिस गरेपनि कर्मचारी र भेन्डरको मिलेमतोमा उक्त प्रक्रिया रोकिने गरेको थियो ।

नेपाल एयर लाइन्सको अन्तर्राष्ट्रिय सेक्टरको अनलाइन टिकेटिङ्गमार्फत टिकट बुकिङ्ग सेवा शुरु गर्नको लागि यसअघिका महाप्रवन्धक दिपु ज्वारचनले छोटो समयमा काम अघि बढाएका थिए ।

नेपाल एयर लाइन्सकी प्रवक्ता अर्चना खड्काले सोमबारबाट अनलाइनमार्फत टिकट बुकिङ सुरु भएको जानकारी दिइन् । उनकाअनुसार यात्रुले आफू बसेकै ठाउँबाट निगमको वेवसाइट नेपालएयरलाइन्स डटकमडटएनपीबाट अनलाइन बुकिङ्ग गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्नेछ ।

निगमले हाल दिल्ली, मुम्वई, बैंगलौर, दुवई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement