काठमाण्डु – पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको हो ।
रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा सोमबार दिउँसो पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
‘पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्णरूपमा अवरुद्ध छ,’ उनले भने, ‘पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात नियमित सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ ।’
सडकखण्डमा आईतबारदेखि रातिको समयमा सवारी आवागमन बन्द गरिएको थियो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आईतबार र सोमबार साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ ।




प्रतिक्रिया