नारायणगढ–मुग्लिन सडकमा राति सवारीसाधन आवागमन बन्द

नारायणगढ–मुग्लिन सडकमा राति सवारीसाधन आवागमन बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – अविरल वर्षाका कारण चितवन र धादिङ क्षेत्रमा बिहीबार राति सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा समेत रातिमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले साँझ ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म चितवनको पृथ्वी राजमार्ग क्षेत्र र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधन रोकिएको जानकारी दिए ।

निरन्तर वर्षा भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले सवारीसाधन रोक लगाइएको छ । बिहानको अवस्था हेरेर थप सूचना गरिने जनाइएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लक्ष्मी पाण्डेय गौतमद्वारा बिहीबार जारी सूचनामा यात्रु र सवारीसाधन चालकहरूलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्णपालना गर्न आग्रह गरिएको छ ।