सडक सुरक्षासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम

सडक सुरक्षासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघीय आठौँ विश्व सडक सुरक्षा सप्ताहको अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपाल कार्यालयले स्वास्थ्य पत्रकार मञ्च–नेपाल र नेपाल सडक सुरक्षा परिषद्सँग अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

कार्यक्रमको उद्देश्य जिम्मेवार पत्रकारितालाई प्रवद्र्धन गर्दै, सडक सुरक्षाको विषयमा जनचेतना अभिवृद्धि गर्ने र सडक सुरक्षाको संस्कृतिलाई सुदृढ बनाउने रहकेो छ ।

३० भन्दा बढी पत्रकारहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले बहु–क्षेत्रीय सहकार्यबाट नेपालमा सडक सुरक्षा सुधारको आवश्यकतामा जोड दिए ।

डब्लूएचओ नेपालका सार्वजनिक स्वास्थ्य सल्लाहकार डा. गाम्पो डोर्जीले राष्ट्रिय सडक सुरक्षा अवस्थाको सारांश प्रस्तुत गर्दै सुरक्षित प्रणालीका लागि दृष्टिकोण अपनाउने आवश्यकतामा जोड दिए ।

डा. डोर्जीले हेलमेटको सही प्रयोगबारे व्यवहारिक प्रदर्शन पनि गरे । गुणस्तरीय र सुरक्षित हेलमेटका विशेषताहरू प्रस्टाउँदै उनले सही तरिकाले हेलमेट प्रयोग गर्दा सडक दुर्घटनामा टाउकोमा हुने चोटको जोखिम निकै घटाउने सकिने बताए । साथै, हेलमेटको गुणस्तर र उपयुक्तताबारे जनचेतना फैलाउनु आवश्यक रहेकोमा उनको जोड थियो ।

डब्लूएचओ नेपालका मानसिक स्वास्थ्यसम्बन्धी राष्ट्रिय पेशागत अधिकृत डा. केदार मरहट्टाले सडक सुरक्षासम्बन्धी जिम्मेवार सञ्चार रिपोर्टिङमा सत्र सञ्चालन गरेका थिए ।

छलफलमा पत्रकारहरूले सडक सुरक्षामा जनचेतना अभिवृद्धि, नीति निर्माणमा प्रभाव र सुरक्षित व्यवहारलाई प्रोत्साहन गर्नका लागि उनीहरूको भूमिकाको महत्वमाथि विचार गरेका थिए ।

सहभागीहरूले सडक सुरक्षासम्बन्धी रिपोर्टिङको शुद्धता, भाषाशैली र प्रभावकारितालाई कसरी सुधार गर्न सकिन्छ भन्ने रणनीतिहरू पनि अन्वेषण गरे । उनीहरूले सार्वजनिक धारणा र नीति परिवर्तनमा प्रभाव पार्ने जिम्मेवार, जानकारीमूलक सामग्री तयार गर्ने साझा प्रतिबद्धता व्यक्त गरे ।