अफगानिस्तानको कान्दहार एयरपोर्टमा रकेट हमला,उडान बन्द

अफगानिस्तानको कान्दहार एयरपोर्टमा रकेट हमला,उडान बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी अफगानिस्तानको कान्दहार विमानस्थलमा तीन वटा रकेट आक्रमण भएका छन् । तालिबानले देशभरी आफ्नो आक्रमणलाई तीव्र बनाइरहेका बेला शनिबार राती विमानस्थलमा रकेट आक्रमण भएको हो ।

कान्दहार विमानस्थलका प्रमुख मसूद पश्तुनले विमानस्थलमा तीन वटा रकेट हमला भएको र दुई वटा रनवेमा खसेको जानकारी दिए ।

‘हिजो राती विमानस्थलमा रकेट हमला भएको थियो, जसमा दुई रनवेमा खसेका थिए। यस कारण कान्दहार  विमानस्थलबाट उडानहरु स्थगित गरिएको छ,’ उनले भने ।