बगदादको अमेरिकी दूतावासमा फेरी रकेट प्रहार


बगदाद – इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा फेरी २ रकेट प्रहार गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार दुवै रकेट दूतावासमा आएर झरेको थियो ।

हालसम्म यो हमलाबाट कुनै हताहती भएको समाचार प्राप्त भएको छैन । इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हवाई हमलामा मृत्यू भएपछि क्षेत्रमा इरान र अमेरिकाबीच तनाव लगातार बढिरहेको छ ।

अल अरेबियाले सुरक्षा सुत्रको हवाला दिँदै बगदादको ग्रीन जोनमा रहेको अमेरिकी दूतावसमा २ रकेट प्रहार गरेको उल्लेख गरेको छ ।

रकेट हमलापछि पुरै क्षेत्रमा तत्काल साइरनको आवाज सुनिएको अरेबियाले उल्लेख गरेको छ । गी्रन जोन मध्य बगदादमा रहेको छ । जहा सरकारी भवन र कुटनीकि दूतावासहरु रहेका छन् ।

इरानको कुर्दस फोर्सका जनरल कासिम सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा मृत्यूु भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनरल कासिम सुलेमानीको हत्याको विषयलाई लिएर नयाँ कारण खुलासा गरेका छन् ।

रिपब्लिकन पार्टीलाई दान दिने एक समूहलाई सम्बोधित गर्दै ट्रम्पले भनेका छन्, ‘कुर्दस फोर्सका जनरल हमला भन्ददा पहिलेसम्म अमेरिकाको बारेमा निकै नराम्रो कुरा गर्दैथे । यसै कारणले उनलाई मार्ने आदेश दिनु पर्यो ।’

सीएनएनले ट्रम्पको पार्टीका लागि कोष जुटाउने एक व्यक्तिको बयानलाई उद्र्धृत गर्दै ट्रम्पले आफ्नो सम्बोधनमा भनेका छन्, ‘हामी कासिम सुलेमानीलाई कतिसम्म सहने ?’ ट्रम्पले ह्वाइट हाउसबाट सुलेमनीमाथि गरिएको हमलाको पुरा दृश्य हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement