रोहितको सतकमा नेपालले क्यानडालाई दियो २३५ रनको लक्ष्य

रोहितको सतकमा नेपालले क्यानडालाई दियो २३५ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रोहित पौडेलको सतकमा नेपालले क्यानडालाई २३५ रनको लक्ष्य दिएको छ । ओमानस्थित अल अमिरातमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २३४ रन बनाएको हो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक १०१ रन जोडे । उनले १२७ बलमा ८ चौका र एक छक्का हान्दै १०१ रन बनाए । रोहितले १२६ बलमा शतक पूरा गरेका हुन् । यो उनको ओडीआई करियरको तेस्रो शतक हो ।

यस्तै गुल्सन झाले ३४ बलमा ४८ रन जोडे भने अर्जुन कुमालले ५४ बलमा २३ रन , बशीर अहमदले ५७ बलमा ३० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

क्यानडाका लागि शुखजिन्दर सिंहले ३ विकेट लिए भने अखिल कुमारले ३ र जाहिदले २ विकेट लिए ।