काठमाण्डु – सरकारले परराष्ट्रमामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा रोजिना ताम्राकारलाई नियुक्त गरेको छ ।
सरकारी थिंक ट्यांकको रूपमा रहेको यो प्रतिष्ठनको कार्यकारी निर्देशकमा परराष्ट्र मन्त्रालयले सहसचिव ताम्राकारलाई हालै नियुक्त गरेको हो ।
२०६७मा परराष्ट्रको शाखा अधिकृत बनेकी कार्यकारी निर्देशक ताम्राकार यसअघि क्यानाडा र ओमानमा कार्यवाहक राजदूतको रूपमा काम गरेकी छिन् ।
१९९३ मा स्थापना भई सन् २०१२ मा पुनर्गठन गरिएको प्रतिष्ठान परराष्ट्र नीति, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी संस्था हो ।
यसले नेपालको परराष्ट्र सम्बन्ध, अन्तर्राष्ट्रिय मामिला, कूटनीतिक अभ्यास, कन्सुलर मुद्दा तथा उदाउँदो विश्व विकासहरूको अध्ययन गर्दै आएको छ । सुस्त रहेको प्रतिष्ठानलाई परराष्ट्रमन्त्री शिशिर खनालले अहिले सक्रिय बनाएका छन् ।




प्रतिक्रिया