रोल्पामा वर्षमान पुनले बढाए मतान्तर


काठमाण्डु- रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले फराकिलो मतान्तर बनाएका छन् । यो समाचार तयार पार्दासम्म १७ हजार २ सय मत गणना गर्दा पुनले १० हजार ४ सय ३८ मत ल्याएका हुन् ।

यता एमालेका पूर्णबहादुर बुढामगरले ४ हजार ३ सय ८ मत पाएका छन् । बुढामगर र पुनबीचको मतान्तर ६ हजार १ सय ३० छ । यस्तै राप्रपाका लिला राउतले ६ सय ७५, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ३ सय मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement