‘रोनाल्डोले गोल गर्नु कुनै आश्चर्य होइन’


एजेन्सी – इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले च्याम्पियन्स लिगमा आयक्सविरुद्ध क्रिस्टियानो रोनाल्डोले गरेको गोल कुनै आश्चर्य नभएको बताएका छन् ।

‘रोनाल्डो भर्खर टोलीमा फर्किएका छन् । उनले धेरै राम्रो खेलेक । उनी आफ्नो एक्सनमा फर्किए जस्तो लाग्छ । उनले गोल गर्नु कुनै आश्चर्य होइन । किनकी उनी रोनाल्डो हुन्,’ प्रशिक्षक एलेग्रीले भने ।

बुधबार राति भएको क्वार्टरफाइनल खेलको पहिलो लेगमा डच टोलीविरुद्ध रोनाल्डोले एक गोल गरेका थिए । खुट्टाको चोटका कारण एकमहिना विश्राममा रहेका रोनाल्डोले यही खेलबाट टोलीमा पुनरागनम गरेका थिए । आयक्सविरुद्ध उत्कृष्ट हाइभ हेड गोल गरेका रोनाल्डोले खेलभर सानदार प्रदर्शन पनि गरेका थिए ।

रोनाल्डोको गोलमा युभेन्टसले सुरुवाती अग्रता लिएपनि अन्तमा बराबरीमा चिक्त बुझाएको थियो । आयक्सविरुद्धको गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा ब्यक्तिगत गोल संख्या एक सय २५ पुर्याएका छन् । प्रशिक्षक एलेग्रीले खेलमा रोनाल्डोबाट अन्य गोलको समेत अपेक्षा गरेको बताए । प्रशिक्षक एलेग्रीले दोस्रो लेगमा रोनाल्डो सहित टोलीले राम्रो खेल्ने दावी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement