काठमाण्डु – तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाही मृत फेला परेकी छन् ।
सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेकी जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
उनका श्रीमान् विराटनगरमा रहेकाले खबर गरेर बोलाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया