मार्कलसँग वैवाहिक जीवनमा जोडिए राजकुमार ह्यारी (फाेटाेफिचरसहित)


काठमाडाैं–बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह भएको छ।

विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा शनिबार उनीहरूको विवाह भएको हो। मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन्।

REUTERS

सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात डोर्‍याएर भित्र लगेका थिए। महारानी एलिजावेथ र उनका पति ड्युक अफ एडिन्बरा पनि विवाह समारोहमा उपस्थित भए।

ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाहस्थलमा पुगेका थिए। मेगनको परिवारतर्फबाट उनकी आमा डोरिया मात्र उपस्थित भइन्

मुटुको अकस्मात शल्यक्रिया गरिएका कारण मार्कलीका पिता थोमस मार्कली भने सो कार्यक्रममा उपस्थित हुन नसकेको बताइएको छ। ३ साताअघि मात्रै जन्मिएका राजकुमार ह्यारीका भतिज प्रिन्स लुइस पनि कार्यक्रममा देखिएनन्।

EPA

वैवाहिक कार्यक्रम हेर्न सडकको दुईतिर हजारौँ मानिस लामबद्ध भएर उभिएका थिए। यता सेन्ट जर्ज चापेल दरबारदेखि विन्डसोरको मूख्य बजारसम्म विवाहको साक्षी बस्न र नवदम्पत्तिलाई शुभकामना दिन करिब १ लाखभन्दा बढी मानिस उपस्थित भएको बीबीसीले उल्लेख गरेको छ।

REUTERS
PA

प्रतिक्रिया दिनुहोस
Advertisement