राजावादी आन्दोलनकारीको व्यंग्य : आलमलाई प्रधानमन्त्री बनाउनुस्

राजावादी आन्दोलनकारीको व्यंग्य : आलमलाई प्रधानमन्त्री बनाउनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा जारी राजावादी आन्दोलन तेस्रो दिन पनि जारी जारी रहेको छ ।

तेस्रो दिन पूर्वनिर्धारित क्षेत्र नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गर्न प्रशासनले रोक लगाएपछि आन्दोलनकारीहरूले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरे ।

राजसंस्था पुनःस्थापना र हिन्दूराष्ट्रको माग गर्दै उनीहरूले शनिबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् । त्यहाँ पनि प्रहरीले निषेधित क्षेत्रतर्फ अगाडि बढ्न नदिएपछि सडकमै बसेर कार्यक्रम गरेका हुन् ।

आन्दोलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद दीपक सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले १ फोनको भरमा प्रतिवादीलाई छुटकारा दिएको आरोप लगाए ।

उनले २७ जनाविरुद्ध जिल्ला अदालतमा दोषी ठहर्‍याई १४ वर्ष जेल तोक्दा उच्चबाट माफी कसरी पाए भन्दै प्रश्न गरे । उनले गृहमन्त्री मानव तस्करमा फसेको भन्दै मोहम्मद आफताब आलमलाई प्रधानमन्त्री बनाउनु भन्दै व्यग्य गरे ।

उनले गणतन्त्रवादीले १६७ वटा कारखाना बेचेर खाएको भन्दै गणतन्त्रको नाममा देशद्र्रोहीलाई बचाइरहेको आरोप लगाए ।