राप्रपा महामन्त्री पाठकद्वारा पार्टी परित्याग

राप्रपा महामन्त्री पाठकद्वारा पार्टी परित्याग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् ।

पार्टीका नेताहरूलाई म्यासेजमार्फत उनले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

उनले म्यासेजमा लेखेका छन्, ‘पछिल्लो केही समयदेखिको गम्भीर आत्मचिन्तनपश्चात् पार्टीबाट बिदा लिने निर्णयमा आइपुगेको छु । पार्टीको वर्तमान र आगामी दिशाबारे मेरा विमतिहरू राजनीतिक तहका हुन्, व्यक्तिगत कसैसँग केही तिक्तता छैन । आजसम्मको राजनीतिक सहकार्यका लागि सबै पदाधिकारीहरूसहित कार्यसम्पादन समितिका सदस्य यहाँहरू सबै र राप्रपाको सम्पूर्ण पंक्तिलाई अगाडिको राजनीतिक यात्रका लागि हार्दिक शुभकामना व्यक्त गर्छु ।’