राप्रपाले बुझायो प्रधानमन्त्रीलाई राजिनामा पत्र


काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारवाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा बुझाएको छ । प्रधानमन्त्री निवास वालुवाटर पुगेर राप्रपाले सरकारवाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराउँदै राजिनामा बुझाएको हो ।

राप्रपावाट प्रचण्ड सरकारमा उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंह रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement