इलामको उपनिर्वाचनका लागि राप्रपाले पठायो तीन जनाको नाम


काठमाण्डु- इलाम-२ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला समितिले तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको हो।

बैठकले लक्ष्मी गुरुङलाई पहिलो नम्बरमा राख्दै यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए ।

बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापा, कोशी प्रदेश सभासद् गोपाल गजमेर र राप्रपा इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनका संयोजक रवीन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement