बागमतीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन अदालतद्वारा अस्वीकार

बागमतीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन अदालतद्वारा अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा उच्च अदालत पाटनको हेटौंडा इजलासले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले मुख्यमन्त्रीको नियुक्ति रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई आगामी बुधबार छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।

राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता मोहनप्रसाद ढकालले मुख्यमन्त्री थापामगरको नियुक्ति बदरको माग गर्दै छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

मुख्यमन्त्री नियुक्तिका लागि आधार बनाइएको प्रदेशसभा सदस्यहरूको समर्थन विवादित रहेको र त्यसलाई मान्यता दिएर गरिएको नियुक्ति संविधानसम्मत नभएको दाबी रिटमा गरिएको थियो ।


राप्रपाले कारबाही गरिसकेका तत्कालीन संसदीय दलका नेता उद्धव थापाले पार्टीको निर्णय तथा निर्देशनविपरीत दिएको समर्थनलाई आधार बनाएर मुख्यमन्त्री नियुक्त गरिएको जिकिर निवेदकको छ ।