राप्रपा र राप्रपा नेपाल एकीकरण हुँदै

राप्रपा र राप्रपा नेपाल एकीकरण हुँदै


काठमाण्डु – राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)बीच बुधबार पार्टी एकता हुँदैछ ।

अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेर राप्रपा परित्याग गरेका थापा राप्रपामै फर्कँदैछन् । दुई पार्टीबीच बुधबार दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा समारोह गरेर पार्टी एकीकरण हुनेछ ।

केहीदिन अघि लिङ्देन र थापाले दुई बुँदे एकता सहमति गरेका थिए भने राप्रपा नेपालले एकीकरण अनुमोदन गरेको थियो ।

झण्डै ४ वर्षपछि दुई राष्ट्रवादी शक्ति एकता गरेर अघि बढ्ने तयारी गरेका छन् ।

एकता पछि राप्रपा नेपालका नेताहरुलाई सम्मानजनक भूमिका दिएर पार्टी अघि बढाइनेछ । राप्रपासँग एकता गर्ने सैद्धान्तिक सहमतिपछि राप्रपा नेपालबाट प्रतिनिधि सभामा समानुपातिकको बन्द सूची पनि पठाइएको छैन भने राप्रपाले पेश गरेको बन्द सूचीमा पनि कमल थापा पक्षधरहरु समेटिएका छैनन् ।

यस्तै, राप्रपाले महाधिवेशन ६ महिना पर सारेको छ र निर्वाचनको माहोल भएकाले अहिले सम्मानजक हैसियतकमा पार्टी निर्माणमा सक्रिय हुने तयारी मात्रै गरेको छ ।