काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सांसद र मन्त्रीबिच प्रि–बजेट छलफल गर्ने भएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार दिउँसो ४ बजे छलफल हुनेछ ।
छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने रास्वपाले जनाएको छ ।
आर्थिक वर्ष २०८३–०८४ सालको बजेट तर्जुमा अगावै रास्वपाले प्रि–बजेट छलफल गर्न लागेको हो ।




प्रतिक्रिया