रास्वपाले बनायो ‘पार्टी-संसद-सरकार समन्वय समिति’

रास्वपाले बनायो ‘पार्टी-संसद-सरकार समन्वय समिति’

पार्टी, संसद र सरकारबीच समन्वय अभाव हुन नदिन समितिको उद्देश्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी, संसद र सरकारबीच समन्वय सुदृढ गर्न ‘पार्टी–संसद–सरकार समन्वय समिति’ गठन गरेको छ।

पार्टीको गत वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार समिति गठन भएको हो । समितिले नीतिगत एकरूपता, निर्णय प्रक्रियामा पारदर्शिता र कार्यान्वयनमा प्रभावकारिता ल्याउने लक्ष्य लिएको छ।

पार्टी, संसद र सरकारबीच समन्वय अभाव हुन नदिन र नीतिगत अस्पष्टता र कार्यान्वयनमा ढिलाइको अन्तर घटाउन यस्तो समिति गठन गरिएको रास्वपाले जनाएको छ ।

पार्टी संगठन, संसदीय दल तथा सरकारमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूबीच नीति निर्माण, निर्णय प्रक्रिया र कार्यान्वयनको तहमा नीतिगत एकरूपता, निरन्तर समन्वय र संस्थागत सुदृढता सुनिश्चित गर्न समिति क्रियाशील हुने पनि रास्वपाले जनाएको छ।

समितिको संयोजकमा महामन्त्री भूप देव शाह छन् । सरिताश्री ज्ञवाली उपसंयोजक र रामकुमार ढुंगाना सदस्य सचिव तोकिएका छन्।

समितिको सदस्यहरूमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदहरूलाई राखिएको छ ।

रवि किरण अधिकारी, विशाल अधिकारी, अरविन्द साह, करिष्मा कठरिया, मनिष खनाल, रमेश सापकोटा र श्रृष्टि भट्टराई सदस्य छन् ।