काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा ७ जना नयाँ सदस्य थप भएको छ ।
विभागीय प्रमुख श्रीराम न्यौपानेको सिफारिस तथा पार्टी महामन्त्रीको स्वीकृतिमा नयाँ सदस्यहरू थप गरिएको हो ।
नवनियुक्त सदस्यहरूमा गुणराज ढकाल, मानबहादुर शाही, बन्धु ढकाल, पूजा दाहाल, सनत आचार्य, अविज्ञा मल्ल र राजेन्द्र वस्ती छन्।
नयाँ सदस्यहरू थपिएसँगै विभाग १२ सदस्यीय बनेको छ।
विभागमा पूर्व ऊर्जा तथा जलस्रोत सचिवहरू देवेन्द्र कार्की, सुशील चन्द्र तिवारी तथा मधु भेटवाल रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत रहेको छ। उक्त समितिले ऊर्जा तथा जलस्रोत क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा विभागलाई आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गर्नेछ।




प्रतिक्रिया