काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सोमबार पनि बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक लम्बिएका कारण स्थगित भएपछि सोमबार बिहान ८ बजेका लागि सारिएको हो ।
प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफललाई लिएर संसद्मा विपक्षी दलका सांसदहरूले विरोध गरेपछि बैठक बस्न ढिलाइ भएको थियो । बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारीसम्मका विभिन्न ९ वटा कार्यसूचीमा छलफल हुनेछ ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन र अनुशासनात्मक कारबाहीका सम्बन्धमा छलफलको कार्यसूची तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार यसैगरी बैठका प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमितिहरू, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन र सङ्घीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा पनि छलफल हुनेछ ।




प्रतिक्रिया