काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार र संसदीय भूमिकामा रहेका नेताहरूलाई समेटेर पार्टी सचिवालय विस्तार गरेको छ ।
शुक्रबार वनस्थलीस्थित ‘घण्टी घर’ मा बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्ने निर्णय गरेको हो ।
विस्तारित सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उप–नेता गणेश पराजुली, पूर्वमहामन्त्री एवं संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ छन् ।
सचिवालयमा थपिनेमा पूवकोषाध्यक्ष लिमा अधिकारी, विदेश विभाग प्रमुख दीपक बोहरा, कानून न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बाँस्कोटा, शिव नेपाली, पूर्वउपसभामुख इन्दिरा रानामगर र मनिष झा छन् ।
सचिवालयमा थपिएका अधिकांश सांसद् हुन् । जसमध्ये बाँस्कोटा तत्कालीन विवेकशील साझाबाट रास्वपमा समाहित भएकी थिइन् ।




प्रतिक्रिया