रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री गुरुङ उपस्थित हुने

रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री गुरुङ उपस्थित हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ महिनादेखि सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम अन्तर्गत सोमबार गृहमन्त्री सुदन गुरूङ उपस्थित हुँदैछन् ।

पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा मन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने छन् । कार्यक्रमको साँझ ५ बजे हुने रास्वपाले जनाएको छ ।

कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा गृहमन्त्रीसमक्ष राख्न सक्नेछन् भने दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ।

रास्वपाले नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले सञ्चालन गरेको हो ।