संसदीय समितिको उम्मेदवारीबाट पछि हट्यो रास्वपा


काठमाण्डु – संसदीय समितिको निर्वाचनमा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि हटेको छ ।

समितिमा उम्मेदवारी दिएका रास्वपा सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएका छन् ।

जनमत पार्टीसँगको छलफलपछि रास्वपाका उम्मेदवार पराजुलीले उम्मेदवारी फिर्ता लिएका जनाइएको छ ।

समितिमा जनमत पार्टीले पनि उम्मेदवारी दिएकाले जनमतको आग्रहमा रास्वपाले उम्मेदवारी फिर्ता लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement